Logo

फ्यान्टाले ल्यायो होली लक्षित ‘कलरफुल हामी’ क्याम्पेन



काठमाडौँ, १ चैत्र । होलीको अवसरमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” गर्दै छ । फ्यान्टाले काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाउँदैछ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।

फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्दैछ । यसपाली फ्यान्टाले पहिलाको भन्दा धेरै रमाइलो र रंगीन बनाउने भएको छ । यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ ।

यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रििट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।

साथै फ्यान्टाले “कलरफुल हामी” थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरु भिडियो,सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्