Logo

अरुण तेस्रो जलविद्युत आयोजनाको काम युद्धस्तरमा (फोटोफिचर)



काठमाडौं, १ चैत्र । अरुण तेस्रो जलविद्युत आयोजनाको काम युद्धस्तरमा चलिरहेको छ । ९०० मेगावाटको आयोजना भारतको सतलज जल विद्युत निगमले निर्माण गरिरहेको छ ।

१ अर्ब ६० करोड डलर लागतमा निर्माण भइरहेको आयोजना सन् २०२३ मा पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजना सन् २०१८ बाट निर्माण भइरहेको छ । सतलजले विद्युत उत्पादन सुरु भएपछि ३० वर्षसम्म सञ्चालन गर्नेछ । नेपालले कुल उत्पादित विद्युतको २१.९ प्रतिशत सित्तैमा पाउने सम्झौतामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्