Logo

मनास्लु वर्ल्ड कलेजका प्रमुख श्रेष्ठ सम्मानित



काठमाडौं, १ चैत्र । मनास्लु वर्ल्ड कलेजका प्रमुख एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमबीच श्रेष्ठलाई सम्मान गरेको हो ।

संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि शिक्षामन्त्री देवेन्द्र पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । संस्थाले श्रेष्ठलाई वरिष्ठ शिक्षासेवी सम्मानबाट सम्मानित गरेको हो ।

शिक्षा तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न सम्मानले प्रेरणा मिलेको श्रेष्ठले बताए । बिगत १५ वर्षदेखि उनी शिक्षा क्षेत्रमा निरन्तर सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्