एजेन्सी, १ चैत्र । आजबाट रुसी राजधानी मस्कोमा सार्वजनिक स्थलहरुमा मास्क नचाहिने भएको छ । कोरोना भाइरसको जोखिम रोकथामका लागि मास्क अनिवार्य गरिएकोमा आजबाट उक्त व्यवस्था हटाइएको छ ।
मस्कोका मेयर सेरगेइ सोब्यानिनले ब्लकमा मङ्गलबार उद्दोग र संघसंस्थाहरुमा प्रवेश गर्दा मास्क अनिवार्यको नियम हटाइएको जानकारी गराएका थिए । उनले व्यवसाय र गम्भीर प्रतिबन्धहरुको दबाबसँग जुध्न यस्तो कदम चालिएको जनाएका छन् ।
कोरोना भाइरसको महामारी बढेपछि रुसभर मास्क अनिवार्य गरिएको थियो । मास्क नलगाए ४५ डलर बराबरको रुबल जरिवाना समेतको व्यवस्था थियो ।-File Photo