Logo

‘बी’ डिभिजन लिगः मध्यपुरमाथि सरस्वतीको जित



काठमाडौं, १ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो ।

खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई सुरुवाति अग्रता दिलाए ।

५१औं मिनेटमा मध्यपुरका सजिन थापा मगरले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी टाइममा कुमार डोंगले गोल गर्दै सरस्वतीलाई जित दिलाए ।

जितसँगै ५ खेलबाट ११ अंक जोडेको सरस्वती लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot