Logo

१६ वर्षीया किशोरी बलात्कृत



भक्तपुर, १ चैत्र । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot