Logo

काठमाडौंको मेयरका उम्मेद्वार बालेन शाहले होलीमा भृकुटीमण्डपमा प्रस्तुती दिने



काठमाडौँ, १ चैत्र । काठमाडौँ महानगरपालिका मेयरका उम्मेद्वार बालेन शाहले फागुपूर्णिको उपलक्ष्यमा भृकुटीमण्डपमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण दुई वर्षसम्म रोकिएको कार्यक्रम यस वर्ष गर्न लागिएको आयोजक ए.एम.ए ईभेन्टस्का संजय लामाले बताए ।

उनले भने,‘हामीले बिगतका वर्षहरुमा पनि फागुपूर्णिमाको अवसरमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएका थियौँ । गत दुई वर्ष कोरोना भाइरसका कारण कार्यक्रम गर्न सकियन अहिले दुई वर्ष पछि कार्यक्रमको आयोजना गर्दै छौँ । सबैको साथ सर्पोट पाउँछौँ भन्ने अपेक्षा गरेका छौँ ।’

फागुपूर्णिमा विशेष कार्यक्रममा कलाकारहरु भिटेन, मिस्टर डी, सरकार र माईलाले पनि प्रस्तुती दिने छन् । कार्याक्रम बिहान १० बजे ५ बजे सम्म सञ्चालन हुने भएको छ ।

¥यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने यसअघि नै घोषणा गरेका थिए । शाहले नेपाली जनतालाई खूशी दिन आगामी चुनावमा काठमाडौँको मेयरमा उठ्ने बताएका थिए । ३२ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

नेपालका सबै जात जातिले मनाउने होली पर्व यस वर्ष पहाडी भेगमा चैत्र ३ र तराइमा ४ गते मनाउने मनाइँदै छ ।
पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ ।

 



प्रतिक्रिया दिनुहोस्