Logo

पाकिस्तानमा सिया नेताको गोली हानी हत्या



एजेन्सी, १ चैत्र । पाकिस्तानको कराँचीमा एकजना सिया नेताको गोली हानी हत्या भएको छ । उनको शनिबार राति हत्या भएको हो ।

पासवान इ आजा नामक संस्थाका महासचिव सइद सलमान हैदर रिजवीको अन्चोली क्षेत्रमा हत्या भएको हो । मस्जिद खैर उल अमल नजिकै उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुईजना बन्दुकधारीले उनको हत्या गरेका थिए ।

रिजवी ४३ वर्षका थिए । उनी त्यहाँका लोकप्रीय सिया नेता तथा पासवान इ आजाका संस्थापक पनि हुन् ।

पाकिस्तानको पेसावरस्थित सिया मस्जिदमा ६० जनाको ज्यान जानेग गरी भएको हालैको आक्रमण पछि पछिल्लो घटना भएको हो । उक्त घटनाको सिया संगठनहरुले भत्र्सना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot