Logo

ओलीले आफूभन्दा पछि पुगेका पोखरेल पुग्दा किन ताली पड्काए ?



काठमाडौं, १ चैत्र । नेकपा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकको सुरुको दिन महिलाहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाषण सुनिरहेका थिए । ओली उखान टुक्का मिसाएर बोलिरहेका थिए ।

ओलीको बोली सुनेर हलमा बेला बेलामा हाँसो निस्किरहेको थियो । त्यति नै बेला एमाले महासचिव शंकर पोखरेल पसे । ओलीले पोखरेललाई स्वागत गर्न भने ।

ओलीले भने,‘महासचिव कमरेड शंकर पोखरेललाई स्वागत गरौं ।’ उनले फेरि थपे,‘ताली बजाऔं ।’ ओलीले पनि ताली पिटे ।

आफूभन्दा ढिलो कार्यक्रममा पुगेका पोखरेललाई ओलीले व्यङ्ग्य गरेको रुपमा धेरैले बुझे । ओली पोखरेलको ढिलो आगमनप्रति खुशी देखिदैनथिए ।



प्रतिक्रिया दिनुहोस्