काठमाडौं, १ चैत्र । राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सी कारोबारमा सम्लग्न २ जनामाथि मुद्दा दायर गरेको छ ।
क्रिप्टोकरेन्सी कारोबारमा सम्लग्न मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने पुस्कर श्रेष्ठ र सोही स्थानका बिनिता लिम्बुमाथि काठमाडौं जिल्ला अदालतमा विभागले मुद्दा दायर गरेको हो ।
विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरु लगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स ज्ञहदभत, द्यष्लबलअभ, ब्मख ऋबकज, ऋयष्लदबकभ, एबहागिि प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको विभागले जनाएको छ।
प्रतिवादीहरु श्रेष्ठ र लिम्बुले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले उनीहरु विरुद्ध कानुन बमोजिम बिगो जफत गरी ३ वर्ष सजायको मागदावी गरि मुद्दा दायर गरेको हो ।