Logo

श्रीलंका र मालदिभ्सका भाषा बोल्न सक्छन् रुसी विदेशमन्त्री लाभरोभ



एजेन्सी, १ चैत्र । रुस र युक्रेनबीचको युद्धमा विश्वकै चासो छ । यो युद्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै विदेशमन्त्री सेरगेइ लाभरोभलाई पनि चर्चामा ल्यायो ।

लाभरोभ ७१ वर्षका भए । २२ वर्ष रुसी विदेशमन्त्री भइसकेका उनी श्रीलंकाको सरकारी भाषा सिंहाली प्रष्ट बोल्छन् । विश्वविद्यालय अध्ययन गर्दा नै उनले सिंहाली भाषा सिकेका थिए । लाभरोभ मालदिभ्सको सरकारी भाषा दिवेही पनि बोल्छन् ।

अंग्रेजी र फ्रान्सेली भाषाको समेत उनमा राम्रो ज्ञान छ । लाभरोभसँग धेरै देशको राजदूत बनेको अनुभव पनि छ । उनी पुटिनका विश्वासपात्र हुन् ।
उनका पिता आर्मेनियाली मूलका जर्जियाका हुन् । आमा रुसी मूलकी हुन् ।



प्रतिक्रिया दिनुहोस्