सुर्खेत, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफु ढुङ्गा हानेर, सडकमा टायर बालेर कसैको हत्या गरेर राजनितिमा नआएको बताएका छन् । शाहीले शनिबार सुर्खेतमा भएको राप्रपाको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने,‘म ढुङ्गा हानेर, सडकमा टायर बालेर, हत्या गरेर राजनितिमा आएको होईन म शुद्ध समाज सेवा र भ्रष्टाचार विरुद्दको अभियान चलाएर राजनीतिमा आएको हुँ ।’ उनले अहिले राजनीती फोहोरी बन्दै गईरहेको, पैसा र बल हुनेले राजनीतिमा जे गरेनी हुन्छ भन्ने धारणा बिकास भैरहेको उल्लेख गरे । प्रवत्ता शाहीले राजनीति गर्न आउनेहरुलाई समाजसेवा गरेर आउन चुनौतीसमेत दिए ।
उनले आफू राप्रपामा कुनै स्वार्थ धम्की र बाध्यताले नभई राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आफू आएको बताएका छन । झण्डै ५ हजार बढीको सहभागीतामा भएको आमसभामा उनले राप्रपाको अबको रणनीति बारे स्पष्ट पारेका थिए ।
सुर्खेतमा भएको उक्त आमसभाबाट १ हजार बढिले राप्रपामा प्रवेश गरेका छन । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेन लगायतले आफ्नो भनाई राखेका थिए ।