Logo

गैरदलितको घरभित्र पसेर दही खाएको निहुँमा १७ घण्टा घाममा बाँधेर सिस्नोपानी



रामेछाप, चैत २ । घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ । रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो ।

गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताएकी छन्।

त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको थियो ।

दलित समुदायको भएर घरभित्र पसी दही चोरेर खाएकाले बाँधेर राखेको पीडक शेरबहादुर श्रेष्ठको भनाई छ । उनले आफ्नो घरमा रुद्री लगाउने खर्च व्यहोर्नुपर्ने माग राखेका छन् । हाल दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot