काठमाडौं, २ चैत्र । महालक्ष्मी विकास बैंकको दरवारमार्ग शाखाले नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ । खेलकुद तथा पानी ट्याङ्कीका लागी ५० हजार आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।
बैंकले हाल १०३ वटा शाखाहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।