Logo

हनुमान ढोकाको गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला



काठमाडौं, २ चैत्र । हनुमान ढोकाको गद्दी बैठकको तल्लो तला सर्वसाधारणको लागि खुल्ला गरिएको छ । हनुमान ढोका दरबार संग्राहलय विकास समितिले गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला गरेको गद्दी बैठकमा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बीर प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनी गत फागुन २७ गते शुक्रबारदेखि सुरु भएको हो । बैठकमा फोटोग्राफरहरु गणेशमान चित्रकार, दीर्घमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्ष भन्दा पुराना तस्बीरहरु प्रदर्शनीमा राखिने जनाइएको छ ।

यसअघि प्रदर्शनी माघमा सुरु गर्न लागिएको थियो तर कोरोना महामारीको कारण स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot