Logo

रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी



एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो ।

यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । त्यहाँका उपमेयरले रुसी सेनाले चिकित्सक र बिरामीसहित ४०० जनालाई बन्धक बनाएको बताए । उनीहरुलाई बाहिर निस्कन दिइएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्