Logo

देउवा-प्रकाण्ड भेटमा के के भयो ?



काठमाडौं, २ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज विहान बालुवाटार पुगेका प्रकाण्डले देउवासँग दुई घन्टा छलफल गरेका हुन् ।

भेटमा गृहमन्त्री बालकृष्ण खाँड पनि सहभागी थिए । उनीहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयनबारे छलफल भएको बुझिएको छ । प्रकाण्डले एमसीसी सम्झौताबारे समेत असन्तुष्टि राखेको बुझिएको छ ।

विप्लव समूह निर्वाचन आयोगमा दर्ता भएको छैन । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा विप्लवका गतिविधि बढ्न थालेको छ । विप्लव समूह एमसीसी विरोधी मुद्दा अगाडि सारेर संघर्षका गतिविधि गर्दै आएको छ । यस्तो अवस्थामा प्रकाण्ड बालुवाटार पुगेर देउवासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot