काठमाडौं, २ चैत्र । नेपाली काँग्रेस स्याङ्जा जिल्ला पार्टी कार्यालय भवन अहिले चर्चामा छ । भवन जति आकर्षक छ उति नै चासोमा परेको छ ।
भवन पहेंलो रङ्गको छ । राष्ट्रिय झण्डा देखि काँग्रेसको झण्डा पनि राखिएको छ । काँग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंहको चित्र तल्लो तल्लाको भित्तामा कोरिएको छ । माथिल्लो तल्लामा काँग्रेसका दिवंगत नेताहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पेन्टिङ गरिएको छ ।
रोचक यो छ कि देउवाको पेन्टिङ सबैभन्दा ठूलो बनाइएको छ । दिवंगत नेताहरुभन्दा उनको पेन्टिङ ठूलो बनाइएको छ ।
६ जना दिवंगत नेताहरुको पेन्टिङ गोलाकारभित्र छ । देउवाको भने झण्डाको अगाडि पेन्टिङ गरिएको छ ।