Logo

बिरामीको मृत्यु भएपछि तिनाउ अस्पतालमा नाराबाजी



बुटवल, २ चैत्र । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् । अस्पतालमा खुट्टाको शल्यक्रिया गर्ने क्रममा ताराप्रसाद चौधरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीले भएको भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय चौधरीको देव्रे खुट्टाको शल्यक्रियाको क्रममा बुधबार मृत्यु भएको थियो ।

घटनामा सम्लग्नलाई छानबिन गरी दोषीलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

४ वर्षअघि दुर्घटनामा खुट्टा भाचिएका चौधरी सोमबार अस्पताल भर्ना भएका थिए । र खुट्टामा राखिएको रड नट भाचिएपछि उनी शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए । उनको डा.योगेन्द्र अग्रहरीको टोलीले शल्यक्रिया गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot