Logo

राप्रपामा स्थानीय चुनावमा टिकट क-कस्ले बाँड्ने ? कुन जिल्लामा को खटिए (नामावलीसहित)



काठमाडौं, २ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावमा पालिकाहरुको विभिन्न तहमा टिकट बाँड्ने मापदण्डबारे निर्णय लिएको छ । आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले टिकटको टुंगो लगाउने अधिकारबारे निर्णय लिएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख केन्द्रले छनोट गर्ने निर्णय गरेको छ ।

राप्रपाले जिल्लामा उम्मेदवार छनोटलगायत चुनावी अभियानका लागि प्रतिनिधि समेत तोकेको छ । जसमा विक्रम पाण्डे झापा, विक्रम बहादुर थापा ललितपुर, भुवन पाठक भक्रपुर, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, रेखा थापा चितवन, धवल शमशेर राणा दाङ, कुन्दी शाही सुर्खेतलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्