Logo

स्वतन्त्र व्यक्तिलाई पनि अब राप्रपाले चुनावी उम्मेदवार बनाउने



काठमाडौं, २ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावी उम्मेदवार बनाउने भएको छ । उम्मेदवार हुनको लागि सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरेको छ।



प्रतिक्रिया दिनुहोस्