Logo

प्रदीप ज्ञवालीको आरोप : यो सरकार स्वयम संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा लागेको छ (भिडिओसहित)



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग पनि सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरिएकोमा आक्रोश पोखेका छन् ।

उनले एमालेको विरोधका बीचमा पनि सरकारले आफूले चाहेका कुरा अघि बढाएको सुनाए । उनले यो संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा त सरकार स्वयम लागेको आरोप लगाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले संसद्मा अवरोध भन्दापनि विरोध गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot