काठमाडौं, चैत ३ । मिस वर्डको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले पहिरिएकी छिन् । त्यस्तै प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने ओलिभियाले सेकेन्ड रनरअपको ताज पहिरिएकी छन् ।
अमेरिकाको पुएर्तो रिकोमा आज विहान भएको फिनालीमा ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धी सहभागी भएका थिए । नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ टप ३० मा सीमित बनेकी छन् । श्रेष्ठ हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी हुन् ।