Logo

तस्विरमा हेर्नुहोस ‘हाम्रो साझा एरोविक डान्स’ को होली (फोटोफिचर)



काठमाडौं, ३ चैत्र । हाम्रो साझा एरोविक डान्सले सामूहिक रुपमा होली पर्व मनाएको छ । आज भृकुटीमण्डपमा होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनि विशिष्ट रङ्गिन पर्व होली हो । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाईनेछ । यही अवसरमा हाम्रो साझा एरोविक डान्सले पनि यो पर्व एक आपसमा खुशी साटेर मनाएको छ । विगत वर्षझैं डान्स सेन्टरले आज सामूहिक रुपमा होली मनाएको हो ।

विगत ७ वर्षदेखि स्वास्थ्यको लागि डान्स नाराका साथ सञ्चालन गर्दै आएको हाम्रो साझा एरोविक डान्सले आज करिब एक सय जनाको उपस्थितिमा होली मनाएको हो । विगत ७ वर्षदेखि विहान ६ बजेदेखि विहान ७ बजेसम्म एक घण्टा निःशुल्क डान्स सञ्चालन हुँदै आएको छ । यो डान्सको सञ्चालन भने गृष्मा सुब्बाले गर्दै आएकी छिन् ।

उनले आज होली मनाउँदै गर्दा सबैमा शुभकामना व्यक्त गरेकी छिन् । आफूहरुले सञ्चालन गर्दै आएको निःशुल्क डान्सले सबै उमेर समूहकालाई प्रत्यक्ष लाभ पुगेको पनि उनको विश्वास छ ।

उक्त डान्स सेन्टरमा प्रमुख भने सन्तु चौधरी छन् भने सहायक प्रशिक्षकमा सरिता केसी छिन् । आगामी दिनमा साझा एरोविक डान्स निरन्तर सञ्चालन हुने भन्दै यसमा सहभागी भएर स्वास्थ्यलाभ लिन पनि आह्वान गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot