Logo

वरिष्ठ पत्रकार राजेन्द्रप्रताप शाहको निधन



काठमाडौं, ३ चैत्र । वरिष्ठ पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ ।

शाहको आज (बिहीबार) बिहान १ बजे निधन भएको परिवारले जनाएको छ ।

शाहको उपचारको क्रममा अल्का अस्पतालमा निधन भएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा २०१८ साल बैशाख २९ गते जन्मिएका शाह परिवारसहित काठमाडौंमा बस्दै आइरहेका थिए ।

शाहका श्रीमती र एक छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot