Logo

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड



एजेन्सी, ३ चैत्र । पोल्याण्डकी सुन्दरी क्यारोलिना बिलावस्काले मिस वर्ल्ड २०२१ को उपाधि जितेकी छिन् । पोर्टो रिकोमा भएको ७० औं मिस वर्ल्ड प्रतियोगितामा भारतीय मूलकी अमेरिकी सुन्दरी श्री सैनी फस्ट रनर अप भइन् भने पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया येस सेकेन्ड रनरअप भइन् ।

२०१९ का विजेता टोनी एन सिंहले २३ वर्षीया क्यारोलिनालाई करेक्शन नाइटमा ताज पहिराइदिएकी थिइन् ।

मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot