Logo

नोबेल मेडिकल र विद्यार्थीबीच कुरा मिल्यो, चारमहिना पछि पढाईमा फर्कदै विद्यार्थी



विराटनगर,३ चैत । कलेज प्रशासनसँग सहमति गरेसँगै नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी अध्ययनमा फर्किएका छन् । चार महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुलाई छुट्टै कक्षा सञ्चालन गर्ने विषयमा बुधबार छलफल भएपछि उनीहरु पढ्न तयार भएका हुन् ।

कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको भन्दै विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएपनि बाँकी १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा उत्तिएका थिए ।

जारी सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा. रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot