Logo

टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर रिलिज



एजेन्सी, ४ चैत्र । बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ । टाइगर आफैंले पनि फिल्मको ट्रेलर सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेका हुन् ।

ट्रेलरको क्याप्सनमा टाइगर श्राफले लेखेका छन्, “बब्लु खून से नही, किस्मत से मिलता है। डबल एक्सन, डबल ड्रामा, डबल इन्टरटेन्मेन्ट, डबल ’द हिरोपन्ती’। र तिम्रो भाग्य राम्रो छ, किनकि म तिमीलाई भेट्न आउँदैछु। इद।‘हिरोपन्ती २’को ट्रेलर सार्वजनिक भएको छ ।’

अहमद खानले निर्देशन गरेको यस चलचित्रमा टाइगर बाहेक तारा सुतारिया र नवाजुद्दीन सिद्दीकी पनि मुख्य भूमिकामा छन् । फिल्म अप्रिल २९ मा हलमा रिलिज हुनेछ ।साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । यो फिल्मले गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot