Logo

अध्यादेशमार्फत संवैधानिक नियुक्ति विरुद्धको रिटको सुनुवाई जारी



काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनमा आज पहिलो पटक संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ।

संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालिन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले उक्त अध्यादेश संविधानको मर्म विपरित रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै उक्त नियुक्ति खारेजीको समेत माग गर्दै रिट दायर गरेका थिए ।

रिटको पहिलो सुनुवाई आजदेखि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वँभर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले गर्ने जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्