Logo

माओवादी केन्द्र लुम्बिनीले ९ जिल्ला संयोजक तोक्यो



काठमाडौं, ४ चैत्र । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले ९ वटा जिल्लामा संयोजक तोकेको छ । प्रदेश समितिको बुधबार बसेको प्रथम पुर्ण बैठकले संयोजक तोकेको जनाइएको छ ।

माओवादीले प्युठानमा तिजबहादुर एमसी, करोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्घाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन् ।

यसैगरी, रुकुम पुर्वमा होमप्रकाश श्रेष्ठ, नवलपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, गुल्मीमा विरबहादुर कार्की र कपिलवस्तुमा विष्णु शाह संयोजक भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot