Logo

गएराति मकवानपुरमा भ्यान दुर्घटना हुँदा १५ जना घाइते



मकवानपुर, ४ चैत्र । गएराति मकवानपुरको थाहा नगरपालिका–३ भञ्याङ कालीखोलामा भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

डाडाँबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ३३५३ नम्बरको भ्यान गएराति ९ बजे सडकको भित्तामा ठोकिएर दुर्घटना हुँदा भ्यानमा सवार ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका १३ जनालाई थप उपचारको लागि मनमोहन अस्पतालमा ल्याइएको जनाइएको छ । २ जना घाइतेको भने प्राथमिकम स्वास्थ्य केन्द्र पालुङमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot