Logo

संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिटलाई आज हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाई हुने जनाइएको छ ।

संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालिन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले उक्त अध्यादेश संविधानको मर्म विपरित रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै उक्त नियुक्ति खारेजीको समेत माग गर्दै रिट दायर गरेका हुन् ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वँभर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।



प्रतिक्रिया दिनुहोस्