Logo

नेपालको ब्याटिङ असफल हुँदा सामान्य लक्ष्य भेट्न सकेन



चैत ४ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । दुबईमा शुक्रबार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०÷४० रन बनाए । यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । युएईको यो लगातार दोस्रो जित हो । अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ । लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् । नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot