Logo

रुसले युक्रेनमाथि प्रहार गरेको परमाणु बम बोक्न सक्ने किन्जाल हाइपरसोनिक मिसाइल के हो ?



एजेन्सी, ५ चैत्र । रुसले पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न उक्त हतियार प्रयोग गयरिएको रुसले जनाएको छ ।

किन्जाल हाइपरसोनिक मिसाइल १५ सय देखि २ हजार किलोमिटर दूरीसम्म लक्ष्य भेद गर्न सक्छ । यसले ४८० केजीको परमाणु हतियार बोक्ने क्षमता राख्छ । हिरोसिमामा अमेरिकाले खसालेको फ्याट म्यान बमभन्दा ३३ गुणा शक्तिशाली परमाणु बम बोकेर लक्ष्य भेद गर्न सक्ने मानिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा किन्जाल हाइपरसोनिक मिसाइलबारे खुलाएका थिए । यसको गति ४९०० किलोमिटर प्रति घन्टा रहेको छ । यसको गति आवाजको भन्दा १० गुणा बढी छ । लम्बाई ८ मिटर र गोलाई १ मिटरको रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot