Logo

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता



काठमाडौं, चैत ६ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

स्थानीय तहमा उम्मेदवारी दिनेको संख्या धेरै हुने भएकाले भीडभाड नहोस् भनेर उम्मेदवारी दर्ताका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।

निर्वाचन आचार संहिताअनुसार उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरूले पदबाट राजीनामा दिनुपर्नेछ । राजनीतिक दल र सरोकारवाला निकायहरूसँगको परामर्शबाटै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको प्रवक्ता पौडेलको भनाई छ ।

स्थानीय तहमा बहालवाला पदाधिकारीहरूले पदीय हैसियत दुरूपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्ने भएकोले यो प्रावधान राखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot