Logo

चुनावी चटारोः नेताहरुको दौडधुप बढ्यो, प्रधानमन्त्री एकै दिन तीन जिल्लामा



काठमाडौं, चैत ६ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित भएका छन् । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ-गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् ।

शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदै छन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो । निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ ।

प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा),राप्रपा नेपाल लगायतका दलहरू जिल्ला हुँदै गाउँ केन्द्रित बनेका छन् । केन्द्रीय तहमा रहेका शीर्ष नेतालाईसमेत जिल्ला जान भ्याइनभ्याइ छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि २९ चैतसम्म सञ्चालन गर्ने गरी एक महिने निर्वाचन विशेष अभियान नै सुरु गरिसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय कमाण्डर तोकेर ७५३ वटै स्थानीय तहमा खटाएको हो ।

प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मा थप विस्तृत छलफलका लागि एमालेले ७ चैतमा पोलिटब्युरो कमिटी, ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू निर्वाचन केन्द्रित कार्यक्रम व्यस्त छन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्ड आर्फ जिल्ला जिल्ला पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता जसपाले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्