Logo

लेखापरिक्षकको नियुक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न



काठमाडौं, ६ चैत्र । आर्थिक वर्ष २०७८/२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो ।

सभाले कम्पनीको आव २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक वित्तीय विवरण २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरेको जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷ २०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।

आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्