Logo

सनराईज बैंकले ल्यायो स्वास्थ्य योजनामा थप सुविधा



काठमाडौं, ६ चैत्र । सनराईज बैंकले स्वास्थ्य योजनामा सुविधा थप गरेको छ। बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने भएको हो ।

बैंकको अनुसार स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिइएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म गरी दाबी गर्न सकिने छ । यस्तै, पाँच लाखसम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजनाअन्र्तगत दाबी गर्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी नारीलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरूप बैंकले नारी बचत खाता भएका महिलालाई पाँच लाखसम्मको घातक रोग खर्च दिने भएको छ । महिलामा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटुरोगलगायत १८ घातक रोगहरू यसले समेट्ने जनाइएको छ ।

महिलालाई प्रसूति खर्चस्वरूप १० हजार रुपैयाँसम्म पनि दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्धसरकारी अस्पतालमा प्रसुति गराउँदा लिन सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot