काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुन सुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले ‘घर घर जाउ कांग्रेस जिताउ अभियान’ अन्तक्रिया वुद्धनगर मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो पार्टीले देश र जनताको हित बिपरितका सहयोग अस्वीकार गर्ने प्रस्ट पारे ।
राजनीति मुलुक र जन्ताको हित लाई ध्यान मा राखेर गर्ने कुरामा आफू प्रस्ट रहेको उनको भनाई थियो । अहिले एमसीसीको बिषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत उनले आग्रह गरे । नेता सिहले कम्युनिष्टका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्लाको बिषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताएका छन्।
कम्युनिष्ट नेताहरु जनतासामु एउटा र अनतरास्टिय जगतमा अर्को कुरा गर्ने माहिर रहेको कुरा सबैले थाहा पाउनु पर्ने समेत बताएका हुन् । चुनाव नजिक आई सकेकाले भ्रम को खेति गर्नेहरुका बारेमा मतदाताका घर घर मा पुगेर बास्तबिकता बताउदै नेपाली जनतालाई कांग्रेस नेतृत्वमा आज सम्म गरिएका उपलब्धि बुझाएर कांग्रेसको पक्षमा मत माग्न समेत कार्यकर्तालाई आग्रह गरे ।
उनले भने,‘कांग्रेस जन माआफुले थाहा पाएपछि सबैले थाहा पाउँछन् भन्ने परेकाले त्यो भ्रम त्यागेर जनताबिचमा सहि बिचार र सुचना पुराउन अल्छी गर्न हुँदैन् । अरु पार्टी कामै नगरि पनि काम गरेको भ्रम बेचिरहेका छन्न भन्दै कांग्रेसले आफुले गरेका काम के सहि प्रचार समेत गर्न पछि परेकोकाले अब प्रचारप्रसारमा लाग्नुहोस् ।’
फरक प्रसंगमा बोल्दै नेता सिंहले चुनाव नजिकिदै गर्दा टिकटको आसा राख्नु स्वभाबवक भएपनि उमेदवार हुन टिकट पाउन पार्टीको वैदिक प्रक्रिया सबैले पालना गर्नु पर्ने उनको भनाई रहेको छ । समय धेरै नभएकाले घर–घर टोल–टोलमा गएर कांग्रेसका उमेदवार र कांग्रेसलाई बिजय गराउन लाग्नु पर्ने समेत बताए ।