Logo

चेल्सी एफए कपको सेमिफाइनलमा



एजेन्सी । लण्डन क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा मिडल्सवर्गलाई २-० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको हो ।

रिभरसाइड रंगशालामा भएको खेलमा चेल्सीलाई जीत दिलाउन रोमेलु लुकाकु र हकिम जियचले एक/एक गोल गरे । खेलको १५ औं मिनेटमा माउन्टको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा माउन्टको पासमा जियचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी २-० गोलले विजयी भयो । जीतसँगै चेल्सी सेमिफाइनलमा प्रवेश गर्दा पराजित मिडल्सवर्ग प्रतियोगिताबाट बाहिरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot