Logo

भारतमा लालु यादव र शरद यादवबीच पार्टी एकीकरण



एजेन्सी, ६ चैत्र । भारतमा दुईजना भेट्रान नेताहरु लालु यादव र शरद यादव नेतृत्वको पार्टीहरु एकीकरण भएको छ । लालु यादवको दल राष्ट्रिय जनता दल र शरद यादवको दल लोकतान्त्रिक जनता दलबीच आज एकता भएको हो ।

२५ वर्षपछि लालु यादव र शरद यादव एउटै पार्टीमा बनाउन सफल भएका हुन् । एकतापछि शरद यादवले लालु यादवका छोरा तेजस्वी यादवलाई भविष्यका नेता भनेका छन् ।

तेजस्वी यादवले शरद यादवलाई बाबु समान र समाजवादका आइकन भनेका छन् । लालु यादव जेलमै रहेकाले शरद यादवले पार्टी एकीकरणमा तेजस्वीसँग हात मिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot