ललितपुर, ६ चैत्र । नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका ८ को शंखादेवी विष्णुडोललगायत क्षेत्रको टोल कार्यसमितिको संयोजकमा अच्युत थापा निर्विरोध चयन भएका छन् । आज टोल कार्यसमिति गठनमा थापा निर्विरोध चयन भएका हुन् ।
कार्यसमिति गठनमा काँग्रेस ललितपुर जिल्ला सचिव वशिष्ठ अधिकारीले घर घरमा पुगी जनताको मन जितेर मत जित्ने काम गर्नुपर्ने बताए ।
म्युनिस्टहरुले विगतमा छरेको भ्रमहरु जनताले बुझिसकेकाले काँग्रेसले मत जितेर भविष्यमा देश विकासमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्का, क्षेत्र नं २ क का प्रदेश सभापति दिवाकर नेपाल, महालक्ष्मी नगरपालिकाका काँग्रेसका सभापति दिवाकर सिलवाल, बुद्धिजीवी रामकेशर खड्कालगायतले काँग्रेसको आगामी चुनावी तयारीबारे बोलेका थिए ।