Logo

सिर्जनशील शिक्षा सदनद्धारा पत्रकार धमला सम्मानित



काठमाडौं, ६ चैत्र । सिर्जनशील शिक्षा सदनले प्राइम टिभीका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई अभिनन्दन गरेको छ । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकास र प्रगतिको लागि खेलेको भूमिकालाई लिएर उक्त विद्यालयले पत्रकार धमलालाई सम्मान गरेको हो ।

पत्रकार धमलाले सिर्जनशील शिक्षा सदनबाट आफू प्रभावित भएको बताए । संक्षिप्त सम्बोधन गरेका धमलाले भने,‘यो स्कुलको नाम नै राम्रो छ । तपाईँहरुले दीपक पुडासैनीजस्तो असल प्रिन्सिपल पाउनुभएको छ । यो स्कुल धेरै राम्रो छ। यो स्कुलका विद्यार्थीहरु नै भोलि देशको नेतृत्व तहमा पुग्नुहुन्छ । यो स्कुललाई सबैले सहयोग गर्नुपर्छ । उन्नती र प्रगतिको लागि सबैले काम गर्नुपर्छ ।’

धमलाले विद्यालयका प्रिन्सिपल समाजसेवामा पनि सक्रिय रहेको भन्दै भोलिको दिनमा अझै आफ्नो सेवा भावलाई सक्रियताका साथ जनताको सेवामा समर्पित गर्न सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्