एजेन्सी, ७ चैत्र । भारतमा रिलिज भएदेखि नै चर्चामा रहेको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ अहिले न्युजिल्यान्डमा पनि चर्चामा छ । वास्तवमा न्युजिल्याण्डमा यो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यसअघि फिल्मलाई ए सर्टिफिकेटसहित रिलिजको स्वीकृति दिइएको थियो तर मुस्लिम समुदायको मागमा समीक्षापछि सेन्सर बोर्डले फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सेन्सर बोर्डको यो निर्णयप्रति न्यूजिल्याण्डका पूर्व उपराष्ट्रपति आक्रोशित भएका छन् । उनले भने– इस्लामको नाममा आतंकवादीलाई संरक्षण गर्नु हुँदैन ।
न्युजिल्यान्डका पूर्व उपराष्ट्रपति विन्स्टन पिटर्सले यसलाई न्यूजिल्याण्ड लगायत विश्वभरका जनताको स्वतन्त्रतामाथि आक्रमण भएको बताएका छन् । आफ्नो फेसबुक पोस्टमा पीटर्सले लेखेका छन् – यो फिल्मलाई सेन्सर गर्नु भनेको न्युजिल्याण्डमा मार्च १५ मा भएको अत्याचारको जानकारी लुकाउनु जस्तै हो ।
न्युजिल्यान्डका पूर्व उपराष्ट्रपति विन्स्टन पिटर्सले आतंकवादको सबै माध्यमबाट विरोध गर्नुपर्ने बताएका छन्
पिटर्सले इस्लामको नाममा आतंकवादीलाई बचाउन नहुने पनि लेखेका छन् । आतंकवादको सबै तहबाट विरोध गर्नुपर्छ । यस विवादमा सेन्सर बोर्डले भने, ‘फिल्म सेन्सर गर्नुको अर्थ फिल्मलाई देशमा प्रतिबन्ध लगाइयो भन्ने होइन । फिल्मले “मुस्लिम विरोधी भावना र घृणा बढाउन सक्छ“ भन्ने चिन्ता व्यक्त गर्दै मुस्लिम समुदायका सदस्यहरूले उनलाई सम्पर्क गरेका छन्।
‘द कश्मीर फाइल्स’ले ९ दिनमा २४ करोड ८० लाखको व्यापार गरेको छ । ११ मार्चमा रिलिज भएको फिल्मले अहिलेसम्म बक्स अफिसमा १४१ करोड २१ लाख कमाएको छ । ट्रेड पण्डितहरूका अनुसार चलचित्रको अग्रिम बुकिङ पनि निकै उच्च भएकाले सोमबारसम्ममा चलचित्रले १७५ करोडको व्यापार गर्नेछ ।