काठमाण्डौ, ७ चैत्र । नेप्से आज दोहोरो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज१७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दु कायम भएको हो । सोमबार होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।
आज विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको नेप्सेले जनाएको छ। नेप्सेको अनुसार साताको कारोबारको दोस्रो दिन आज २ सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २० करोड ९४ लाख रुपैयाँको शेयर खरिद विक्रि भएको हो ।