Logo

चैत ९ गतेसम्म एनआरएनएको चुनावी गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौं, ७ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

एनआरएनएका सदस्य चिन्तामणि सापकोटा लगायतले निर्वाचन रोक्न माग गर्दै दिएको रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न आदेश जारी गरेको हो ।

एनआरएनएको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्णयका विरुद्ध सापकोटा लगायतले उच्च अदालत पाटनमा रिट निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्