Logo

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन



काठमाडौं, ७ चैत्र । नेपाल विद्यार्थी संघले आइतबार विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको भन्दै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न नेविसंघले माग राखेको छ । त्यस्तै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जाहेर गरेका थिए ।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot