काठमाडौं, ७ चैत्र । झण्डै ८० अर्ब रुपैया खर्च गरी बनाइएको तामाकोशीे जलविद्युत आयोजनाले आफ्नो बिमा गरेपनि यसको पुनः बिमा गर्न समस्या देखिएको छ । विदेशी रि–इन्सुरेन्स कम्पनीहरुले फितलो पोलिसी भएको भएर तामाकोशीे जलविद्युत आयोजनाको बिमा लिन नमानेको हो । तर, अन्तराष्ट्रिय बिमा कम्पनिहरुले कभरेज र प्रिमियम बढाएर बिमा गर्ने कुरा गरेका छन् । जसलाई राष्ट्रिय बिमा कम्पनीले फितलो बिमा पोलिसी र कभरेज जारी गरी सस्तोमा बिमा दिने कार्य गरेको छ ।
नेपालका जलविद्युत आयोजनाहरुमा जोखिम अधिक देखिएको छ । यही जोखिम देखाएर विदेशी कम्पनीले बिमा गर्न मानेका छैनन् । यसकारण बिमा महङ्गो हुन थालेको छ ।
माथिल्लो तामाकोशी ४५६ मेगावाटको हो । यसको बिमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेडले गरेको छ । जलविद्युत आयोजनाहरु जोखिममा रहेको देखाइएको र राष्ट्रिय बिमा कम्पनीले त्यसको बिमा गरेकाले विदेशी कम्पनीहरुसँग पुनः बिमा गर्न समस्या भइरहेको छ ।
जलविद्युतको बिमा शुल्क दर अर्थात् प्रिमियम दर नियामक बिमा समितिले बढाए पनि विदेशी बिमा कम्पनीहरुले शुल्क कम तर जोखिम बढी भएको देखाउँदै पुनः बिमा लिन नमानेका हुन् ।
तामाकोशीको बिमा निकै फितलो देखिएको छ । वार्षिक १० करोड जति तिरेर गरिएको बिमामा बिमा कम्पनीहरु कमजोर देखिएका छन् । बिमा कम्पनीहरु बिमा दाबी गरिदा तिर्न नसक्ने अवस्थाका सम्म छन् । आयोजनामा ५० अर्बभन्दा बढीको बिमा दाबी परेमा के हुने हो रु यसतर्फ सोचिएको छैन । बिमामा ४५ प्रतिशत हिस्सा निजी कम्पनीलाई दिइउको छ ।
हिमालयन रि–इन्सुरेन्स र नेपाल रि–इन्सुरेन्समा पनि बिमामा संलग्न छन् । नेपाल रि–इन्सुरेन्स, जुन सरकारी स्वामितवको कम्पनी हो, उसले करिब ७ प्रतिशत र प्राईभेट बिमा कम्पनी हिमालयन रि–इन्सुरेन्स ले ४५ प्रतिशत बिमा गरेका छन् । हिमालयन रि–इन्सुरेन्स ७ अर्बको पूँजि भएको कम्पनीलाई ५० अर्बभन्दा बढी सम्पत्ति भएको तामाकोशीको बिमामा संलग्न गराइएको छ । यदि भबिष्यमा ठूलो दुर्घटना भएको खण्डमा यसले कसरी एउटा ४० अर्बको बिमा थेग्न सक्छ ।
बिमाको रेटिङका कारण पनि बिमा फितलो देखिएको छ ।। सरकारले आँखा चिम्लिएर बिमा कम्पनीहरुलाई बिमामा संलग्न गराएर जोखिम बढाइएदिएको छ । राष्ट्रिय गौरवको आयोजनामा ए ग्रेडको पुर्नबिमा नहुँदा जोखिम हुनसक्छ । तर, बिमा गराउँदा कमजोर कम्पनीहरुलाई बिमामा संलग्न गराउँदा समस्या देखिएको छ । पुर्नबिमामा यसकारण पनि समस्या देखिएको हो ।
फितलो कम्पनीलाई बिमामा संलग्न गराउँदा कस्तो समस्या आउँछ भन्ने कोभिड १९ को बिमा दाबी दिन नसकेबाट थाहा हुन्छ । अहिले पनि बिमा कम्पनीहरुले अरबौंको कोभिड १९ को बिमा दिएका छैनन् ।
यो बिषयमा राष्ट्रिय बिमा कम्पनीको रि–इन्सुरेन्स विभागका एक अधिकारीसँग बुझ्दा तामाकोशीलाई नै यो बिषयमा अगाडि सार्दै उसले मागेको पोलिसी अनुसार नै पोलिसी र कभरेज जारी गरेको दाबी गरे । उनले जोखिमलाई भने नकार्न सकेनन् ।-File Photo