Logo

उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा दिनुनपर्ने व्यवस्था गरेको भए के हुन्थ्यो ?



काठमाडौं, ७ चैत्र । स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार बन्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने अनिवार्य व्यवस्था निर्वाचन आयोगले गरेको छ । कतिपय जनप्रतिनिधिले यो व्यवस्थाको विरोध गर्दै आएका छन् । सर्वोच्च अदालतमा आयोगको निर्णयविरुद्ध मुद्दा पनि परेको छ ।

आयोगले भने उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाको बचाऊ गरेको छ । जनप्रतिनिधिमाथि आचारसंहिता उल्लंघनका घटना भई उम्मेदवार नै रद्द हुने अवस्था आउने खुलायो । आयोगले आज नियमित पत्रकार सम्मेलनमा ठूलो दुर्घटना हुन नदिने यस्तो व्यवस्था गरेको जिकिर गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले राजीनामा दिने व्यवस्था नगरेको भए आचारसंहिता उल्लंघनमा धेरै जनप्रतिनिधिको उम्मेदवारी रद्द हुने अवस्था आउनसक्ने भएकाले दुरगामी निर्णय लिएको सुनाए ।

यसैगरी, आयोगले आफ्नै छपाई मेसिन हुँदा टेन्टर आव्हान गरेकोमा बचाऊ गरेको छ । उसले मेसिन बनाउँदा खर्च झन् बढी लाग्ने दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्