Logo

जीवन धान्न ट्याक्सी चलाउँदै अफगानिस्तानका पूर्वअर्थमन्त्री



एजेन्सी, ७ चैत्र । समयले कुनैबेला शक्तिमा पुर्याएकाहरुलाई सडकमा पनि पुर्याउन सक्छ । यस्तै घटना अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पयन्डाको जीवनमा भएको छ ।

तालिवानले अफगानिस्तानको सत्ता बलपूर्वक कब्जा गरेपछि पयन्डाको जीवन पनि समस्यामा पर्यो । उनी अहिले अमेरिकामा ट्याक्सी चलाएर जिविकोपार्जन गर्दै आएका छन् ।

तालिवानले सत्ता कब्जा गर्नुभन्दा एक हप्ता अगाडि मात्र पयन्डाले राजीनामा दिएका थिए । उनले अफगानिस्तानको सत्ता तालिवानको हातमा जान लागेको ठानेका थिएनन् । तर, तत्कालीन राष्ट्रपति असरफ घानीको साथ नपाएको बुझिसकेका थिए ।

पयन्डाले आफू र त्यतिबेला सत्तामा रहेकाहरुमाथि निर्वाचित लोकतान्त्रिक सरकार ढल्नुको दोष लागेको बताएका छन् । उनले अमेरिकामाथि समेत तालिवानलाई सत्ता सुम्पिएको आरोप लगाए ।

गत वर्ष तालिवानले सत्ता कब्जा गरेका थिए । त्यसपछि अफगानिस्तान अस्थिरता र संकटमा परेको छ । उक्त देश सँसारकै सबैभन्दा दुखित देशको सूचीमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot